कति सांसदले पाए एस र लोसपाको रूपमा मान्यता ?

काठमाडौँ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एस) र महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्ने सांसदहरुलाई मान्यता दिएको छ ।

आयोगकाअनुसार एस रोज्ने सांसदको संख्या ५४ छ । जसमा प्रदेश नं. १ बाट १०, पदेश नं. २ बाट १३, बागमती प्रदेशबाट १३, लुम्बिनी प्रदेशबाट १, कर्णाली प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशबाट १४ गरी ५४ सांसदले एस रोजेका हुन् ।

यस्तै लोसपा १७ सांसदले राजेका छन् । जसमा प्रदेश नं. २ बाट १६ सांसद र सुदूरपश्चिम प्रदेशबाट १ सांसदले लोसपाको पक्षबामा सनाखत गरेका हुन् । उनीहरूको सनाखतलाई मान्यता दिएर प्रदेश सभा तथा दललाई जानकारी दिइएको आयोगले जनाएको छ ।

त्यस्तै, स्थानीय तहका प्रतिनिधिले गरेको सनाखतका विषयमा जानकारी गराउने प्रक्रिया थालिएको छ । अब केही दिनमा नै स्थानीय तहका पदाधिकारीका विषयमा जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *