नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ ले पराजित गरेको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ ।

खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

खेल रंगशालामै गएर प्रत्यक्ष हेर्न टिकट शुल्क २०० र ५०० तोकिएको छ । खेलको प्रत्यक्ष प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *