विश्वकप छनोटपछि सुरू हुँदै युरोपियन शीर्ष लिग

काठमाडौँ । फिफा विश्वकप छनोटका कारण एक साताको विश्रामपछि युरोपियन क्लब फुटबल आजबाट शुरु हुँदैछ । स्पेनिस ला लिगाको चौंथो राउन्डका खेलहरु शनिबारदेखि शुरु हुँदा इंग्लिस प्रिमियर लिग, फ्रेन्च लिग वान्, जर्मन बुन्डेस लिगा तथा इटालियन सिरी ए का खेलहरु पनि हुँदैछन् ।

स्पेनिस ला लिगामा राति १२:४५ मालोर्का र एथलेटिको बिल्बाओ खेल्नेछन् । त्यसअघि राति १०:१५ बजे शुरु हुने पहिलो खेलमा लेभान्ते र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै इंग्लिस प्रिमियर लिगमा टोटनह्याम र क्रिश्टल प्यालेस तथा आर्सनल र नर्विच सिटी, म्यान्चेस्टर सिटी र लेस्टर सिटी, म्यानचेस्टर यूनाइटेड र न्युक्यासल यूनाइटेड तथा चेल्सी र एस्टन भिल्लालगायत शीर्ष टीम प्रतिस्पर्धा गर्नेछन् ।

फ्रेन्च लिग वान्मा पिएसजीले क्लार्मोन्टको सामना गर्दा मोनाको र मार्सेले भिड्नेछन् । जर्मन बुन्डेस लिगामा बौरिसिया डर्टमुन्डले बार्यन लेभरकुसान तथा बार्यन म्युनिखले आरबी लेपजिङसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *