सेफले लगाउने सेतो टोपीको अर्थ

काठमाडाैँ । चिकित्सक नर्सले सेतो एप्रोन लगाएको जस्तै सेफले सेतो र अग्लो टोपी लगाएको देखिन्छ ।

तर त्यसले के जनाउँछ अर्थात त्यसको अर्थ र महत्वबारे भने थाहा नहुन सक्छ । सेफले लगाउने अग्लो टोपीलाई प्राविधिक भाषामा ‘टोक’ भनिन्छ । टोकमा सेता पत्रहरु हुने गर्छन् । त्यसले सेफको अनुभवलाई इङ्गित गर्छ ।

यदी टोपीमा सय ओटा पत्र छ भने उक्त टोपी लगाउँने सेफलाई सय तरिकाले अण्डाको सयथरी परिकार पकाउन आउँछ भन्ने बुझिन्छ । यदी त्योभन्दा कम पत्र छन् भने कम नै परिकार पकाउन आउँछ भन्ने बुझ्नुपर्छ । यो पत्रलाई अण्डाको परिकारसँग मात्र तुलना गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *