युएस ओपन टेनिस

फाइनलमा जोकोभिच र मेडभेडेभ खेल्ने

काठमाडाैँ । शीर्ष वरियताका नोभाक जोकोभिच युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । फाइनल प्रवेशसँगै जोकोभिच सर्वकालिन महान खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।

वर्षका सबै चार ग्रान्डस्लाम जित्ने संघारमा रहेका जोकोभिचले अब उपाधिका लागि दोस्रो वरियताका डानिल मेडभेडेभसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । नेपाली समय अनुसार आईतबार बिहान भएको सेमिफाइनलमा जोकोभिचले चौंथो वरियताका जर्मन खेलाडी अलेक्जेन्डर जेरेभलाई ४-६ ६-२ ६-४ ४-६ र ६-२ को संघर्षपुर्ण सेटमा जित निकाले ।

जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान नजिक रहेका छन् । उनले युएस ओपन टेनिसको उपाधि जिते सर्वकालिन महान खेलाडि बन्ने छन्। जोकोभिचले राफेल नाडाल र रोजर फेडेरर समान २० ग्रान्डस्लाम जितेका छन् । उनले यो उपाधि जिते करिअरको २१ औ ग्रान्डस्लाम जित्ने छन् । यदि उनले फाइनलमा उपाधि जिते १९६९ मा रोड लभेर पछि यो उपलब्धि हासिल गर्ने खेलाडी बन्ने छन् ।

उनले फाइनललाई करिअरको अन्तिम खेल सम्झिएर खेल्ने बताए । उनले भने ‘मेरो लागि केवल अब एक खेल बाँकी छ । मेरो शरिर अब पुर्ण रुपमा त्यहि खेलका लागि समर्पित हुने छ ।’

मेडभेडेभ फाइनलमा
दोस्रो बरियताका रुसी खेलाडी डानिल मेडभेडेभ युएस ओपन टेनिसको फाइनल प्रवेश गरेका छन् । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा मेडभेडेभले क्यानडियन फेलिक्स अगर-एलिएसिमलाई सोझो सेटमा पराजित गर्दै तेस्रो पटक ग्रान्डसलाम फाइनलमा स्थान बनाए ।

पहिलो ग्रान्डस्लाम जित्न संघर्षरत रहेका मेडभेडेभले सेमिफाइनलमा फेलिक्सलाई ६-४, ७-५ र ६-२ को सेटमा पराजित गरेका हुन् । मेडभेडेभ २०१९ को फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए भने पछिल्लो पटक गत फेब्रुअरी मा अस्ट्रेलियन ओपनमा जोकोभिचसँग पराजित भएका थिए ।

जोकोभिच भने एकै क्यालेन्डर इयरमा सबै ग्राण्डस्लाम जित्ने लक्षमा रहेका छन् । उनले फाइनल प्रवेशका लागि स्वेरेभसँग अहिले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *