टर्च जुलुसमा झडप (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको भ्रातृसंगठन युवा संघले नयाँ बानेश्वरमा आयोजना गरेको टर्च जुलुसमा झडप भएको छ ।

शुक्रबार भएको जुलुसमा सम्मिलित प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गामुडा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

झडपमा दुवैतर्फ सामान्य घाइते भएका छन् । युवा संघले आज सरकार खोज्ने भन्दै नयाँ बानेश्वरमा टर्च जुलुस आयोजना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *