रोहितको अर्धशतक

काठमाडौँ । पपुवा न्यूगिनी (पीएनजी) सँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । ‌ओमनमा चलिरहेको खेलमा पौडेलले ७९ बलमा  दुई छक्का र एक चौकासहित अर्धशतक पूरा गरेका हुन् । उनी नटआउट छन् ।

पौडेलको एकदिवसीयमा यो दोस्रो अर्धशतक हो । यसअघि एकदिवसीयमा ज्ञानेन्द्र मल्लले दुई अर्धशतक तथा पारस खड्काले एक शतक र एक अर्धशतक बनाएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्ल भने तेस्रो अर्धशतकबाट ५ रनले चुके । उनी ४५ रनमा  आउट भए ।
नेपालले पहिलो डे नाइट वन डेमा नेपाल टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *