मूर्तिले देखाएको बाटो (फोटो कथा)

काठमाडौँ । लहान सिराहा घर भएका ६५ वर्षीय पुरन पण्डित माटोको मूर्ति बनाउने काममा लागेको ५५ वर्ष भयो ।

पुरनले १० वर्षको उमेरदेखि यो पुर्खौली पेसा अँगाल्दै आएका हुन् । कुपण्डोलको गुसिंगाल चोकमा रहेको उनको मूर्ति बनाउने ठाउँमा अहिले विश्वकर्माको मुर्ति तयार हुँदैछ । असोज १ गते मनाइने विश्वकर्माको पुजालाई लक्षित गरी उनी मूर्ति बनाउँदैछन् ।

पुरनले हरेक भगवानको मूर्ति बनाउँदै आएका छन् । दसैँलाई दुर्गाको, सरस्वती पूजालाई सरस्वतीको लगायतका मूर्ति बनाउनु उनको पेसा हो ।

मूर्ति आफूले तयार पारे पनि सिँगार्न भने उनी भारतबाट कालिगड झिकाउँछन् । पुरनले बनाएको विश्वकर्माको मूर्ति ७-८ हजारदेखि १ लाखसम्म मूल्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *