सांसदलाई बोकेर रोष्ट्रममा पुर्‍याउने प्रयास (भिडिओसहित)

‘माइकले सभामुखलाई हान्न खोजेकी थिएँ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभामा विरोधको नयाँ शैली अपनाएको छ । संसद् बैठकमा नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पेस गर्न लागेपछि एमालेका सांसदहरुले नाराबाजी छोडेर केही सांसदहरुलाई उचालेर रोष्ट्रममा पुर्‍याउने प्रयास गरेका हुन् ।

एकजना सांसदलाई धेरै सांसदले उचालेर रोष्ट्रममा पुर्याउने र अर्थमन्त्रीको माइक खोस्ने प्रयास गरिएपनि त्यो सफल भने हुन सकेन ।  अर्थमन्त्रीले बजेटको प्रतिस्थापन विधेयक पेस गरिरहँदा एमाले सांसदहरुले चारजना सांसद उचालेका थिए । उचालिने सांसदहरु हुन्– गंगा चैधरी सत्गौवा, नरबहादुर धामी, नारदमुणि राना र आशा विश्वकर्मा ।

गृहमन्त्रीको माइक तानियो

एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक ताने । एमालेकी एक सांसदले गृहमन्त्रीको माइक झिकेर रोष्ट्रमतिर हान्न खोजेकी थिइन् । तर, एमलेकै अन्य सांसदले रोके ।

गृहमन्त्रीको माइक झिकिएपछि प्रधानमन्त्रीलगायत केहीको टेबुलमा रहेको माइकहरु सांसदले झिकेर आफैँ लुकाएका थिए । बुधबारको बैठकमा एमाले सांसद गंगा चौधरीले उफ्रेर रोष्ट्रममा चढ्ने कोशिस गरेकी थिइन् । उनको प्रयासलाई मर्याबे रोकेका थिए ।

‘सभामुखलाई माइकले हान्न खोजेकी थिएँ’

अर्की सांसद रेखा झाले भने सभामुखलाई माइकले हान्न खोजेकी थिइन् । झाले भनिन्, ‘सभामुखले संविधानविपरीत संसद् चलाएकाले उहाँलाई प्रहार गर्नकै लागि माइक तानेकी हुँ । यस्ता गुरिल्ला सभामुखलाई के को सम्मान गर्ने ?’

नाराबाजी गरेपछि पनि सभामुख नरोकिएपछि आफूले माइक तान्न खोजेको झाले स्वीकारिन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *