संसद्‌मा पेस नै नभएको प्रस्ताव अस्वीकृत, सभामुख–सुवालबीच यस्तो सवालजबाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका बीच प्रतिनिधि सभा बैठक सञ्चालन गरिरहेका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच सवालजबाफ भएको छ ।

सभामुख सापकोटाले आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्न सांसद सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएका थिए भने सुवालले ‘रोष्टमबाटै बोल्ने वातावरण बनाइदिनुसु’ भनेर आग्रह गरिरहेका थिए । त्यक्रममा सभामुख र सुवालबीच सवालजबाफ भएको हो ।

सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अस्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाए । तर, सभामुख सापकोटाले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै पेसनै नभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे ।

त्यसपछि सभामुख सापकोटाले बहुमतले उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरे । सुवालले हात उठाएर आपत्ति जनाएपनि सभामुख सापकोटा रोकिएनन् । यथास्थानबाट बोल्न समय दिएका सभामुखले त्यसपछि प्रस्ताव नै अस्वीकृत भएको जानकारीलाई संसद्लाई गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *