पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तरराष्ट्रियमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

आजको खेलमा नेपालका तर्फबाट शुक्रबार खेलेका शरद भेषवाकर‚ आरिफ सेख र पवन सर्राफ बाहिरिएका छन् भने बिनोद भण्डारी‚ करण केसी र सुसन भारीले खेल्ने अवसर पाउने भएका छन् ।

पपुवा न्युगिनीसँगको पहिलो खेलमा २ विकेटको जित निकालेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । दुई खेलको सिरिजमा अहिलेसम्म नेपाल १-० ले अघि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *