५० वर्षदेखि मुकुट रङ्गाउँदै (तस्बिरहरू)

काठमाडौँ । इन्द्रचोकका ८३ वर्षीय तेजबहादुर चित्रकारलाई अहिले मुकुट रङ्गाउन भ्याइनभ्याई छ । उनी आउँदै गरेको ईन्द्रजात्राका लागि हलचोक भैरव र तिनका साथमा हुने चन्द्रकुमार र चन्द्रकुमारीको मुकुट रङ्गाउँदैछन् ।

पुर्ख्यौली यो पेसा तेजबहादुरले भने ३३ वर्षको उमेरदेखि शुरु गरेका हुन् । बुबाको मृत्युपछि बुबाले गर्दै आएको काम आफूले थालेको उनी बताउँछन् । विभिन्न प्राकृतिक रङ्गहरूको प्रयोग गरी यस्ता मुकुट रङ्गाउने गरेको उनी बताउँछन् ।

तेजबहादुर मुकुट रङ्गाउनेमात्र होइन, मुकुट बनाउँछन् पनि । विभिन्न जात्रामा लगाउने यस्ता मुकुट वर्षको एकपटक रङ्गाइन्छ र १२ वर्षमा नयाँ बनाइन्छ । हरेक वर्ष इन्द्र जात्रा शुरु भएपछि भाद्र शुक्ल द्वादशीदेखि एकसातासम्म हलचोक भैरवको नाच देखाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *