मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

काठमाडाैँ । २०२२ को कतार विश्वकपका लागि जारी दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित हात पारेको छ । मेसीको ह्याट्रिकमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दै छनोटमा बलियो अवस्थामा पुगेको छ ।

अर्जेन्टिनाको जितमा सबै तीन गोल कप्तान लियोनेल मेसीले संभव बनाए  । खेलको १४ औं मिनेटमा मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को अवस्थामा पुर्‍याए ।

सहज जित तर्फ अग्रसर हुने क्रममा ८८ औं मिनेटमा मेसीले व्यक्तिगत तेस्रो गोल गर्दे ह्याट्रिक पूरा गरे । जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ। शतप्रतिशत जित निकालेको ब्राजिल शिर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *