दुई डेब्यू खेलाडीको गोल, नेपालको अग्रता

काठमाडाैँ । सविता राना र प्रिति राईले गोल गरेपछि नेपाल बंगलादेशसँगकाे मैत्रीपूर्ण महिला फुटबलमा अग्रता लिन सफल भएको छ ।

सविताले १४ औँ र प्रितिले २३ औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका हुन् । दुवै खेलाडीको राष्ट्रिय टिममा आज डेब्यू हो ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *