दुई डेब्यू खेलाडीको गोल, नेपालको अग्रता
२०७८ भदौ २४ गते

फाइल तस्बिर
काठमाडाैँ । सविता राना र प्रिति राईले गोल गरेपछि नेपाल बंगलादेशसँगकाे मैत्रीपूर्ण महिला फुटबलमा अग्रता लिन सफल भएको छ ।
सविताले १४ औँ र प्रितिले २३ औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका हुन् । दुवै खेलाडीको राष्ट्रिय टिममा आज डेब्यू हो ।
उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
२०७८ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








