बालकोट पुग्यो एमसीसी अधिकारीको टोली

काठमाडौँ । बिहीबार (आज) बिहान नेपाल आइपुगेको एमसीसी अधिकारीको टोली विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ ।

ओलीनिवासमा पुगेको टोलीलाई ओलीसँगै स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायतले स्वागत गरेका थिए ।

अहिले एमसीसी उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनानाथ ब्रूक्ससहितका टोली र ओलीबीच वार्ता भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *