कोभिडकालमा तीजको उमङ्ग (तस्बिरहरु)

काठमाडौँ । आज हरितालिका तीज, हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ ।

आजको दिन महिला दिदीबहिनीहरु नजिकैको शिव मन्दिरहरुमा भेटिन्छन् । उनीहरुले त्यहाँ पूजाआराधना गरी व्रत बस्छन् । व्रतालु महिलाहरुबीच खुसी र उमङ्ग साट्दै नाँचगान गर्ने चलन छ ।

यद्यपि यसपालि सदाका वर्षहरुका भन्दा कम रौनक देखियो । विद्यमान कोरोना जोखिमकै कारण भन्नुपर्छ, गुज्रिएका वर्षहरुका भन्दा कम मात्रामा महिला दिदीबहिनीहरु मन्दिर वरिपरि भेटिए । तस्बिरमा गोकर्णेश्वरको शिव मन्दिरमा पूजाआराधना गर्न जुटेका व्रतालुहरू महिलाहरु । हेरौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *