विश्वमा प्रत्येक वर्ष कति खाना खेर जान्छ ? 

एजेन्सी । थालदेखि, घरको भान्छा अनि भोजनालयहरुसम्म दैनिक धेरै खाना फालिन्छ । एकजना व्यक्तिले वा एउटा भान्छामा फालेको खाना थोरै जस्तो लाग्न सक्छ । तर विश्वभरि फालिने खानको कुरा गर्दा यो धेरै हुने गरेको छ ।

अहिले खाना फाल्नुलाई विश्वको प्रमुख समस्याको रुपमा लिने गरिएको छ । सन् २०१९ मा मात्र संयुक्त राष्ट्रसंघले गरेको खोजमा ९ सय ३१ करोड मेट्रिक टन खाना फालेको पत्ता लागेको थियो ।

फुड वेस्ट सूचक २०२१ ले ५४ देशमा गरेको खोजमा ६१ प्रतिशत खाना घरबाट, २६ प्रतिशत रेष्टुरेण्टबाट र १३ प्रतिशत खाना खाद्यान्न बिक्री गर्ने स्टोरबाट फाल्ने गरेको पाइएको थियो । सोही तथ्याङ्कलाई आधार मानेर विश्वमा हरेक वर्ष एक अर्ब मेट्रिक टन खाना फाल्ने गरेको पनि पत्ता लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *