टी-२० विश्वकपका लागि भारतीय टीम घोषणा, पूर्व कप्तान धोनी मेन्टर

काठमाडौँ । अक्टोबरमा तय भएको टी-२० विश्वकपका लागी भारतले १५ सदस्यीय टीमको घोषणा गरेको छ । अफ स्पिनर रविचन्द्र आश्विनले चार वर्षपछि टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका छन् ।

त्यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई टीमको मेन्टरमा नियुक्त गरिएको छ । भारतिय टीममा शिखर धवन, कुलदीप यादव तथा युजवेन्द्र चाहल १५ सदसिय टीममा पर्न असफल रहे । रविचन्द्र आश्विनले पछिल्लो पटक टी-२० खेले ९ जुलाई २०१७ मा खेलेका थिए । जतिबेला उनले ४ ओभरमा ३९ रन खर्चिएका थिए । ४ वर्षपछिको उनको पुनरागमनलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

भारतीय टीममा सूर्यकुमार यादव र राहुल चाहरलाई टीममा अवसर मिलेको छ। सूर्यकुमार र राहुल डेब्यु पछि उत्कृष्ट लयमा रहेका छन् । सुर्यकुमारले ४ टी-२० मा १६९.५१ को स्ट्राइकमा १३९ रन बनाएका छन् । राहुल चाहरले पनि पाँच टी–२० मा ७ विकेट लिएका छन् ।

टी-२० विश्वकपका लागि भारतीय टीम
ब्याट्सम्यान: विराट कोहली, रोहित शर्मा, लोकेश राहुल, सुर्यकुमार यादव
पेस अट्याक: जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शमी
अलराउन्डर: हार्दिक पांड्या, रविन्द्र जडेजा
स्पिनर: राहुलचाहर, अक्षर पटेल, रविचद्रन आश्विन, वरुण चक्रवर्ती
विकेट कीपर: ऋषभ पन्त, इशान किशन
स्ट्यान्ड बाई: श्रेयस अय्यर, शर्दुल ठाकुर र दीकपक चाहर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *