‘हन्ड्रेड ग्रूप’द्वारा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । कोरोना महामारीका कारण भएको लकडाउनका बेला असहायवर्गलाई काठमाडौँको खुल्ला मञ्चमा निःशुल्क खाना खुवाएर चर्चामा आएको ‘हन्ड्रेड ग्रूप’का सदस्यहरूले आज ‘देशभक्त युवा’को नाममा एमसीसीविरुद्व माइतीघरमा प्रदर्शन गरेका छन् ।

माइतीघरमा केहीबेर एमसीस र सरकारविरोधी नारा लगाउँदै प्रदर्शनकारीहरू संसद भवन नयाँ बानेश्वरतर्फ गएका छन् ।

यसअघि पनि एमसीसी र सरकारको विरोध गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरूले माइतीघरदेखि विरोध र्‍याली गर्दै नयाँ बानेश्वरसम्म पुर्‍याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *