काठमाडौँका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सरकारले संसदबाट जारी गर्न लागेको भनिएको एमसीसी सम्झौताको विरोधमा आज काठमाडौँका विभिन्न स्थानमा प्रदर्शनहरू भएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरूले माइतीघरदेखि विरोध र्‍याली गर्दै नयाँ बानेश्वरसम्म पुर्‍याएका थिए ।

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सीपी गजुरेल र सीपी मैनालीको समेत उपस्थिति थियो ।

यसैगरी ‘एमसीसीविरुद्ध राष्ट्रिय अभियान’ले आज नेपाल कमर्स क्याम्पसबाट विरोध जुलुस निकालेको छ । क्याम्पस प्राङ्गणबाट जुलुस निकाली संसद भवनअघि सम्म जाने कार्यक्रम रहेको भए पनि प्रहरीले बिच बाटोमै अभियानका ५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि त्यहाँको प्रदर्शन तितरबितर बनेको छ ।

नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *