नेपालको चौथो विकेट पतन

काठमाडौँ । पपुवान्युगिनीसँग खेलिरहेको एकदिवसीय क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ । आरिफ शेख ९ रनमा आउट भएका हुन् ।

त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल मात्र ६ रन बनाएर आउट भएका थिए । अहिले क्रिजमा शरद भेषावकर र रोहितकुमार पौडेल छन् ।

२१औँ ओभरको खेल चल्दै गर्दा नेपालले ४ विकेट गुमाएर ६६ रन बनाएको छ । जितका लागि नेपाललाई २९ ओभरमा ६९ रन जरुरी छ । नेपालको ६ विकेट बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *