नेपाललाई पहिलो झट्का

काठमाडौँ । विश्व क्रकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनिसँग सामान्य ब्याटिङ प्रदर्शन गरिरहेको छ । पपुवान्युगिनीले दिएको १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४६ रन पुग्दा एक विकेट गुमाएको छ ।

ओपनर कुशल भुर्तेल १५ रनमा आउट भए । उनले २८ बलमा २ चौकाको सहयोगमा १५ रन बनाए ।

आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । १२ औँ ओभरको पहिलो बलमा कुशल आउट भएका हुन् । क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेख छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *