नेपाललाई १३५ रनको लक्ष्य

काठमाडाैँ । पपुवा न्यूगिनीसँगको एकदिवसीय क्रिकेटमा नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

ओमनमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि बलिङ थालेको नेपालले उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ३३ औ औभरमा  १३४ रनमै अलआउट गराएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने  कुशल मल्ल र विक्रम सोबले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

एकदिवसीय खेलमा डेब्यू गरेका विक्रम सोबले २ विकेट लिए र उनले आफ्नो पहिलो बलमै विकेट लिँदै नेपालको तर्फबाट डेब्यू बलमै विकेट लिने पहिलो खेलाडी पनि बने ।

५ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै मात्र २० रन दिएर २ विकेट लिए ।

यस्तै आजका सर्वाधिक सफल बलर सन्दीपले पूरै १० ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिए ।

यसैगरी, कुशलले ७ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर २ विकेट लिए । साेमपालले ७ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

नेपालका पवन सर्राफले २ ओभर बलिङ गर्दै ७ रन दिए भने २ ओभर नै बलिङ गरेका आरिफ शेखले १४ रन दिए । उनीहरु दुबैले विकेट भने लिन सकेनन् ।

पीएनजीका लेगा सियागाले सर्वाधिक ३० रन बनाए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । विश्वकप क्रिकेट लिग-२ अन्तगर्गत त्रिकोणात्मक क्रिकेट खेल्न ओमनमा पुगेकाे नेपालले पीएनजीसँग २ वटा एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम अनुसार आज पहिलो खेल खेलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *