पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको सुरुवात बलिङबाट गर्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

याे पनि : यसकारण विशेष छ पिएनजीसँग नेपालको खेल

दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

यो खेलमा प्रशिक्षक डेभ वाटमोरले तीन जना नेपाली खेलाडीलाई एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गराउने भएका छन् । जसमा आशिफ शेख, कुशल मल्ल र विक्रम शोबले डेब्यु गर्ने भएका छन् । नेपाल विरुद्ध पपुवा न्युगिनीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल केहि समय पछि सुरु हुँदै छ।

यस्तो छ नेपाली सुरूवाती ११
कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम शोब, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ र आरिफ शेख छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *