यसकारण विशेष छ पिएनजीसँग नेपालको खेल

काठमाडौँ । नेपालले मंगलबार (आज) पपुवा न्युगिनीसँग एकदिवसीय क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेको नेपालले पपुवा न्युगिनीसँग खेल्ने दुईमध्ये पहिलो अभ्यास खेल आज हुन लागेको हो ।

नेपालको यो यात्रा केही कारण विशेष रहने छ । पहिलोपटक महत्वपुर्ण अन्तराष्ट्रिय भ्रमणमा पारस खड्का हुने छैनन भने राजिनामा घोषणा गरिसकेका प्रशिक्षक डेभ ह्वाटमोरका लागि विदाइ प्रतियोगिता हुनेछ । प्रतियोगिताको अभ्यासका लागि ओमनमा रहेका बेला अप्रत्यासित रुपमा राजिनामा घोषणा गरेका ह्वाटमोर र नेपालका लागि समेत यो खेल महत्वपुर्ण छ ।

अर्कोतर्फ नेपाललाई एकदिवसीय वरियताका लागिपनि यो श्रृंखला महत्वपुर्ण हुने छ । नेपालले पछिल्लोपटक कीर्तिपुरमा भएको मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजपछि महत्वपुर्ण प्रतियोगिता खेल्न लागेको हो ।
श्रृंखला अघि पपुवान्युगिनिसँग नेपालले खेल्ने दुई एकदिवसीय खेल भने तयारी र एक्सपोजर लागि विशेष हुनेछ । पहिलो भन्दा दोस्रो खेल नेपालका लागि सम्झनलायक समेत बन्नेछ । कीनकी नेपाललेले पहिलो पटक डे नाइट एकदिवसीय क्रिकेट खेल्नेछ ।

पारस विनाको नेपाल
क्रिकोणात्मक एकदिवसीयका लागि खेलाडीको अन्तिम नामावली सार्वजनिक हुनु केही दिन अघि मात्र कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि नेपाली क्रिकेटमा एक खालको तरंग आयो । पारसको खेल र उनको रणनीति नेपाली टिमका लागि सँधै महत्वपूर्ण रहि आएको सन्दर्भमा उनको अभाव नेपाली टिमलाई खट्किन्छ नै ।

कप्तान ज्ञानेन्द्र मल्ल, प्रशिक्षक डेभ वाटमोर लगायतले पनि मैदानमा पारस मिस हुने बताइसकेका छन् । तर उनको अभाव पूर्ति गर्ने गरि योजना बनाउनुको विकल्प नेपाली टिमसँग छैन । युवा खेलाडीको बाहुल्य रहेको टिमलाई पारसको अलराउण्ड प्रदर्शन र रणनीतिको अभाव महसुस नहुने गरि खेल्नुपर्ने चुनौती छ । पपुवा न्यूगिनीसँगका २ खेलमा नेपालले केही प्रयोगहरु गर्नेछ जसमा पारसको स्थानमा खेल्ने खेलाडीको चयन पनि एक हुनेछ ।

प्रशिक्षकको राजिनामाले तरंगित नेपाल
ओमान भ्रमणकै क्रममा प्रशिक्षक डेभि ह्वाटमोरको राजिनामाले नेपाली क्रिकेट तरंगित बनेको छ । ह्वाटमोरले ओमान पुगे लगत्तै पारिवारिक तथा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । भारतीय संचारमाध्यमहरुले भने उनले रणजी ट्रफिका लागि नेपाली टीम छाडेको दाबि गरेका छन् । यद्धपि क्यानले उनलाई राख्नका लागि अन्तिम प्रयास गर्ने जनाएपनि प्रतियोगिता अघि प्रशिक्षकको राजिनामाले स्वभाविक रुपमा नेपाली टीमलाई मानसिक दबाब परेको छ ।

रेकर्डमा बलियो पपुवा न्युगिनी
नेपाल र पपुवा न्यु गिनीले अहिलेसम्म एकदिवसीय फर्म्याटमा चारपटक खेलेका छन् । यी दुई टीमबिच पहिलो पटक सन् २००५ मा मलेसियामा आयोजित एकदिवसीय विश्वकप छनोट प्रतिस्पर्धा भएको थियाे। त्यसपछि यि दुई बिच भेट हुन १० वर्ष लाग्यो ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१५ मा दुई खेल खेल भएको थियो । पछिल्लो पटक ३ वर्ष अघि जिम्बाब्वेमा आयोजित विश्वकप छनोटमानै प्रतिस्पर्धा भएको थियो। चारमध्ये एक खेलमा मात्र जीत हात पारेको र बाँकी तीन खेलमा पराजित भएकाले इतिहास पिएनजीको पक्षमा बलियो छ ।

ओमानको मैदान
ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे नेपाल र ओमानबिचको खेल सुरू हुनेछ । नेपाली टोली झण्डै २ हप्ता अघि नै ओमान पुगेको छ । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा १९ सदस्यीय नेपाली टोलीमा यसपटक युवा खेलाडीको प्रदर्शन महत्वपुर्ण हुनेछ ।

नेपालले पिएनजीसँगका दुई अभ्यास खेलपछि ओमान र अमेरिकासँग १३ र २० सेप्टेम्बर मा प्रतियोगिता खेल्ने छ । नेपालमा बर्षाले अभ्यास प्रभावित भएपछि नेपाल केही अघि नै ओमन पुगेर तयारी गरिरहेको हो । अभ्यासकै सिलसिलामा हुन लागेका पपुवा न्यू गिनीसँगका २ खेल त्रिकोणात्मक सिरिजको तयारीका लागि महत्वपूर्ण बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *