बुबा सम्झेर गोकर्णेश्वरमा (तस्बिरहरु)

काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरीह आ-आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र ‘मुख हेर्ने’ गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यही मेसोमा उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ ।

मन्दिर व्यवस्थापन समितिले गत शनिबार मन्दिर क्षेत्र बन्द रहने सूचना निकालेको भए पनि हिजो र आज २ दिन परेको औँसीमा मन्दिर खुल्ला छ । वडा अध्यक्ष एवम् व्यवस्थापन समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठकाअनुसार बिहान ३ बजेदेखि तीर्थलुहरुको चाप बढेकाले बन्द गर्न नसकिएको हो ।

यहाँ मेला लाग्ने भएकोले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्रमा विशेष कार्यक्रमको आयोजना भने गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *