राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग काठमाडाैँमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग भदौ २४ र २७ गते  ( सेप्टेम्बर ९ र १२) दशरथ रंगशालामा खेल्ने पक्का भएको जनाएको हो ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोटअघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बंगलादेशको टिम सेप्टेम्बर ६ मा नेपाल आइपुग्नेछ ।

छनोटका लागि नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय टिम घोषणा गरेका छन् । खेल हेर्न सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय टिकटदर राखिएको पनि जनाएको छ ।

छनोटमा समूह ‘एफ’मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । छनोट खेल उज्वेकिस्तानमा हुनेछ ।  छनोटमा नेपालले फिलिपिन्ससँग असोज २ मा तथा हङकङसँग असोज ५ मा खेल्नेछ ।

समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ ।

नेपाली टिम :
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, दिपा राई, गीता राना, विमला बिक, विमला चौधरी,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सरु लिम्बु, सबिता राना, सिर्जना सिंह ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *