मेरिल्याण्ड अब विराटनगर इन्टरनेशनल कलेज

नयाँ कोर्षसहित बेलायतको डिग्री पढाई

काठमाडौँ । विराटनगरस्थित मेरिल्याण्ड कलेजको नाम परिवर्तन भएर विराटनगर इन्टरनेशनल कलेज राखिएको छ । विगत ७ वर्षअघि सञ्चालनमा आएको विराटनगर-६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज नाम विराटनगर इन्टरनेशनल कलेज राखिएको हो ।

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसँगको सहकार्यमा पूर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री सञ्चाचालन गर्दै आएको कलेजले नयाँ नामसहित थप बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको हो । शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवस्यकता अनुभूत गरी बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट, मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाउने भएको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए ।

विगत ७ वर्षदेखि कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाइँदै आएको छ । यस कलेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४ सय बढी विद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा ४ सय बढी विद्यार्थी अन्तरराष्ट्रिय शिक्षा नेपालमै बसेर लिइरहेका छन् । यस वर्षबाट पूर्वमा पहिलो पटक इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट र आगामी वर्ष मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गरिने पत्रकार सम्मेलन मार्फत बुढाथोकीले बताए ।

यस वर्षबाट कलेज पूर्ण रुपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा सञ्चालन हुने भएको हुदा कलेजको ब्राण्ड ‘मेरिल्याण्ड कलेज विराटनगर’को नामबाट परिवर्तन भइ ‘विराटनगर इन्टरनेशनल कलेज’ रहने पनि बुढाथोकीले जानकारी दिए । इनोभेट नेपाल ग्रुप अन्तर्गत विराटनगर इन्टरनेशनल कलेज, इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज तथा अन्य विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु साथै भर्खरै सम्भवत नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मर्ने उदेश्यका साथ विश्वका विभिन्न १८ देशमा समेत प्रयोग भइरहेको अनलाइन लर्निंङको लागि ‘माइ सेकेन्ड टिचर’ पनि सञ्चालनमा ल्याएको छ ।

प्रदेश नम्बर १ र आसपासका विद्यार्थीले गुणस्तरीय अन्तरराष्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य साथै नेपालका तथा मल्टी नेशनल कम्पनीलेहरुको माग अनुसारका दक्ष जनशक्ति उक्त कलेजबाट उत्पादन गर्ने लक्ष्य रहेको बुढाथोकीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *