लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा खुल्यो पहिलो बोश ब्रान्ड स्टोर

काठमाडौं । विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड बोश (Bosch)ले नेपालमा आफ्नो पहिलो समर्पित ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । जर्मनीस्थित होम अप्लायन्स उद्योगको अग्रणी कम्पनी बीएसएच होम अप्लायन्सेजले नेपालको प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपसँगको सहकार्यमा ललितपुरको जावलाखेलमा बोश ब्रान्ड स्टोर सुरु गरेको हो ।

कम्पनीका अनुसार नयाँ स्टोरमार्फत नेपाली उपभोक्ताले बोशका रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर, फुड प्रिपरेसन उपकरण तथा बिल्ट–इन किचन समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन् । यसले जर्मन इन्जिनियरिङ र अत्याधुनिक प्रविधिलाई नेपाली बजारमा थप नजिक ल्याउने विश्वास गरिएको छ ।

बीएसएच होम अप्लायन्सेज इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खानले नेपाल प्रिमियम होम अप्लायन्स बजारका लागि दीर्घकालीन सम्भावना बोकेको मुलुक भएको बताए ।

बढ्दो शहरीकरण, परिवर्तनशील जीवनशैली र गुणस्तरीय उत्पादनप्रतिको आकर्षणले नेपालमा नयाँ अवसर सिर्जना गरिरहेको उनको भनाइ छ । ‘नेपाल उपभोक्ता विकासको उत्साहजनक चरणमा छ । बढ्दो आकांक्षा, परिवर्तनशील जीवनशैली र गुणस्तरप्रतिको बढ्दो सम्मानले प्रिमियम होम अप्लायन्स क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गरिरहेको छ। हामी यस बजारमा ठूलो दीर्घकालीन सम्भावना देख्छौँ,’ उनले भने ।

उनले बोशको ‘इन्भेन्टेड फर लाइफ’ अवधारणाले दैनिक जीवनलाई सहज बनाउने उद्देश्य बोकेको उल्लेख गर्दै कम्पनीले उच्च प्रदर्शन, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमा जोड दिँदै आएको बताए । ‘दैनिक जीवनलाई सरल बनाउने समाधानहरू खोज्ने उपभोक्ता बढ्दै जाँदा, हाम्रा प्रविधिहरूले उच्च प्रदर्शन, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत उनीहरूको अपेक्षा पूरा गर्न सक्छन् भन्ने हाम्रो विश्वास छ,’ खानले भने ।

कम्पनीले नेपालमा विशेषगरी फ्रन्ट–लोड वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट–इन किचन उपकरणको बजारमा ठूलो सम्भावना देखेको जनाएको छ । नेपालमा फ्रन्ट–लोड वाशिङ मेसिनले कुल बिक्रीको ७० देखि ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गरेको कम्पनीको दाबी छ ।

बदलिँदो पारिवारिक संरचना, स्वच्छताप्रतिको बढ्दो चासो र समय बचत गर्ने उपकरणप्रतिको आकर्षणका कारण नेपालमा डिशवाशरको माग पनि विस्तारै बढ्दै गएको कम्पनीको भनाइ छ । बोशले यस क्षेत्रमा उपभोक्ता शिक्षा र प्रविधिमार्फत बजार विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

त्यसैगरी कम्पनीले नेपालमा मोड्युलर किचन र प्रिमियम आवासको विस्तारसँगै बिल्ट–इन किचन उपकरणको क्षेत्रमा पनि लगानी बढाइरहेको जनाएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पाँच दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्तामाझ विश्वस्तरीय उत्पादन र प्रविधि ल्याउँदै आएको स्मरण गर्दै बोशसँगको सहकार्य थप सुदृढ बनाउन पाउँदा खुसी लागेको बताए ।

उनले नेपाली उपभोक्तामा गुणस्तरीय, टिकाउ र प्रविधिमैत्री उत्पादनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरे । ‘आज नेपाल आधुनिक जीवनशैली र बढ्दो आकांक्षाको नयाँ युगमा प्रवेश गरिरहेको छ । गुणस्तर, जिम्मेवारी र विश्वसनीयताका लागि विश्वव्यापी रूपमा परिचित बोशसँगको सहकार्यलाई थप मजबुत बनाउन पाउँदा हामी खुसी छौं,’ श्रेष्ठले भने ।

उनले नेपाली उपभोक्तामा गुणस्तरीय, टिकाउ र प्रविधिमैत्री उत्पादनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यो सहकार्यले नेपालको प्रिमियम होम अप्लायन्स बजारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

जावलाखेलस्थित नयाँ स्टोर उपभोक्तालाई प्रत्यक्ष उत्पादन प्रदर्शन, विशेषज्ञ परामर्श तथा आधुनिक किनमेल अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

हाल नेपालभर बोशका ७० भन्दा बढी डिलर साझेदार र २० वटा मोडर्न ट्रेड आउटलेट सञ्चालनमा छन् । कम्पनीले आगामी दिनमा बिक्री सञ्जाल विस्तार, उपभोक्ता शिक्षा, बिक्रीपछिको सेवा तथा नयाँ उत्पादन थपमार्फत नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने योजना बनाएको छ ।

सन् २०२५ मा करिब १५ अर्ब युरो कारोबार गरेको बीएसएच होम अप्लायन्सेज समूह विश्वको अग्रणी होम अप्लायन्स कम्पनीमध्ये एक हो। कम्पनीले विश्वका करिब ५० देशमा आफ्नो उपस्थिति विस्तार गरेको छ। नेपालमा यसको आधिकारिक प्रतिनिधित्व लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रोटेकले गर्दै आएको छ।

कम्पनीका अनुसार नेपालमा पहिलो समर्पित बोश ब्रान्ड स्टोरको सञ्चालन दक्षिण एसियामा कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =