मेस्सीको हस्ताक्षरयुक्त जर्सी र अन्य आकर्षक उपहार जित्ने मौका

काठमाडौँ । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् ।

अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन ‘FINAL_ FIFA WORLD CUP 2026 ULTIMATE SUBSCRIBERS GIVEAWAY’ अभियान संचालन गरिएको कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत DGO एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन् ।

मुख्य आकर्षण र उपहारहरू

विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनका लागि दुवै पास (सिजन र मोबाइल) खरिदकर्ताहरूलाई समेट्ने गरी बहु–स्तरीय पुरस्कारको व्यवस्था गरिएको छ:

१) सिजन पास विजेताहरूका लागि

  • लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने)
  • क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी
  • नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी
  • भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
  • ५५” स्मार्ट टिभी
  • मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि)

२) मोबाइल पास विजेताहरूका लागि 

  • भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
  • ५५” स्मार्ट टिभी
  • ४३” स्मार्ट टिभी
  • स्मार्टफोन

सहभागिताका मुख्य सर्तहरू

यस ऐतिहासिक गिभअवेमा सहभागी हुन ग्राहकहरूले निम्न ३ वटा सरल प्रक्रिया पूरा गर्नुपर्नेछ:

१. DGO App डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्ने ।

२. DGO एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास  वा मोबाइल पास  खरिद गर्ने ।

३. DGO को आधिकारिक सामाजिक सञ्जाल खाताहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) फलो गर्ने ।

नियम तथा योग्यता:

  • यो अभियान २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म लागू हुनेछ ।
  • अभियानमा केवल नेपालभित्र बसोबास गर्ने सक्रिय DGO प्रयोगकर्ताहरू मात्र योग्य हुनेछन् ।
  • आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता र तिनका परिवारका सदस्यहरू यस खेलमा सहभागी हुन पाउने छैनन् ।
  • विजेताहरूको छनोट र प्रमाणीकरण DGO को आन्तरिक टोलीद्वारा निष्पक्ष रूपमा गरिनेछ र पुरस्कारलाई नगद वा अन्य सामानसँग साट्न पाइने छैन ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =