एनआईसी एशियाको हकप्रद शेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजी रु. १४,९१,७५,६६,९२२ बराबरको प्रति शेयर रु. १०० अंकित दरका १४,९१,७५,६६९.२२ कित्ता साधारण शेयरको दुई शेयर बराबर एक ९२ः१० शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर) को अनुपातमा साबिकका सेयर धनीहरूको लागि रु. ७,४५,८७,८३,५०० बराबरको प्रति कित्ता रु. १०० को ७,४५,८७,८३५ (सात करोड पैँतालिस लाख सतासी हजार आठ सय पैँतीस) कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्ने बैंकले जानकारी दिएको छ ।

उक्त हकप्रद शेयर निष्कासनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्कासन कार्य अगाडि बढाइनेछ ।

हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम बैंकको पुँजी संरचना सुदृढ बनाउन, पुँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यावसायिक विस्तार एवं रणनीतिक योजनाहरू कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइँटेल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =