‘तुइन प्रकरणबारे छानबिन गरियोस्’ (तस्बिरहरू)

काठमाडौँ । भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले तुइन खुस्काउँदा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको न्यायको माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ ।

धामीको न्याय र दार्चुला क्षेत्रको आकाशमा भारतीय वायुसेनाले हेलिकोप्टर उडाएको विरोधमा आज (शुक्रबार)  अनेरास्ववियूले काठमाडौँको आरआर क्याम्पसअघि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विद्यार्थीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’को नारा लगाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । क्याम्पस बाहिर ठुलै संख्यामा प्रहरी तैनाथ भएपछि प्रदर्शनकारीहरू क्याम्पस हाताभित्रै पुत्ला जलाएर बाहिर निस्किएका थिए ।

बाहिर निस्कनासाथ प्रहरीले पुत्ला नियन्त्रणमा लिएको थियो । त्यसपछि विद्यार्थीहरूले केहिबेर सडकमा नारा लगाएर कोणसभा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *