दन्त चिकित्सा संसारकै पुरानो पेसा

काठमाडौँ । विश्वभरिका मान्छेले आफ्नो योग्यता र क्षमताअनुसार अनेकौँ पेसा अपनाएका छन् । तर, संसारको सबैभन्दा पुरानो पेसा के हो भन्ने चाहिँ सबैलाई थाहा नहुन सक्छ ।

संसारको सबैभन्दा पुरानो पेसा दन्त चिकित्सा हो । दन्त चिकित्साको इतिहास मानव जातिको पहिलो दातसँग जोडिन पुग्छ । एक अध्ययनमा यस्तो प्रमाण फेला परेको छ, जसमा मानव दन्तलाई खोपडीमा ड्रिल गरिएको छ‚ जुन ७ हजारदेखि ९ हजार वर्ष पहिलेको हो भन्ने अध्ययनको निष्कर्ष छ ।

उक्त काम ‘प्रि-हिस्टोरिक ड्रिल’ को सहायताले गरिएको भन्ने अनुमान लगाइएको छ । बीबीसीका अनुसार ईटालीको बोलोग्ना विश्वविद्यालयले १४ हजार वर्ष पुरानो खोपडीमा अध्ययन गर्दा एउटा दाँत कुनै काठको औजारद्वारा ड्रिल गरिएको पाइएको थियो । त्यसैले नै दन्त चिकित्सालाई सबैभन्दा पुरानो पेसा मानिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *