नेपाली खेलाडीको गर्विलो प्रदर्शन‚ अझै सुधार आवश्यक : अलमुताइरी

काठमाडौँ । नेपाल-भारत मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल भारतसँग १-१ को बराबरीमा रोकिएको छ ।

काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएपनि भारतले गोल फर्काउँदै खेल बराबरीमा रोकेको हो ।

खेल सकिएपछि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षा अब्दुल्लाह अलमुताइरीले नेपाली खेलाडीले गर्विलो प्रदर्शन गरेको भन्दै अझै सुधार गर्नुपर्ने पक्षहरू धेरै रहेको बताएका छन् ।

यो पनि : भारतसँग बराबरीमा रोकियो नेपाल

खेल सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रशिक्षक अलमुताइरीले यो खेलबाट नेपाली टीम साफ च्याम्पियनसीपका लागि तयार भएको देखिएको बताए ।

आजको खेलमा नेपाली फरवार्ड अञ्जन विष्टले खेलको ३६ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भारतीय टीमका गोल कीपर गोल पोस्टभन्दा केही अगाडि आएको मौका छोपी उनले गोल गरेका थिए ।

त्यस्तै ५९ औँ मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएपछि खेल बराबरी भएको हो । सुनिल क्षेत्रीले प्रहार गरेको कडा सट बचाउने क्रममा किपर किरण चेम्जोङ लडेको मौकाको फाइदा उठाउँदै थापाले गोल फर्काएका हुन् ।

भारतसँग अबको खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *