सदर चिडियाखानामा जे देखियो (तस्बिरहरू)

काठमाडौँ । पहिलो लकडाउनसँगै बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना साउन १ गते बाट सर्वसाधारणका लागि खुलेको छ । सदर चिडियाखानामा हाल ११३ प्रजातीका ९९७ वटा जनावर राखिएका छन् ।

 

राणा प्रधानमन्त्री जुद्व शमसेरले स्थापना गरेको चिडियाखानामा भिड कम गराउन अहिले दैनिक औसत ८० जनाको हाराहारीमा मात्र अवलोकनकर्तालाई प्रवेश दिइने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषकी सुचना अधिकारी लिना चालिसेले जानकारी दिइन् ।

उनकाअनुसार सामान्य अबस्थामा दैनिक ५०० जना जतिले चिडियाखानाको अबलोकन गर्दथे । उतिकै संख्यामा विद्यार्थी शैक्षिक भ्रमणमा आउने गर्दथे । त्यो बेला बार्षिक १३ देखि १४ करोडसम्म आम्दानी हुने गर्दथ्यो । तर कोरोना महामारी सुरु भएयता आम्दानी ७ करोडको हाराहारीमा झरेको छ ।

सदर चिडियाखानाका जनावरलाइ खर्च भने बार्षिक ४ करोड जति हुने गर्दछ । चालिसेकाअनुसार बाघ, हात्ती, गैंडा आदि ठूला जनावरको पालनपोषणलगायतमा मात्र बार्षिक १५ देखि १७ लाखसम्म प्रति जनावर खर्च हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *