बार्सिलोनामा फातीले १० नम्बरको जर्सी लगाउने

काठमाडौँ । स्पेनि फुटबल क्लब बार्सिलोनाको १० नम्बरको जर्सी अंशु फातीले लगाउने भएका छन् । क्लबका पूर्वस्ट्राइकर लियोनल मेस्सीले लगाउने गरेको १० नम्बरको जर्सी अब फातीले लगाउने भएका हुन् ।

बुधबार बार्सिलोनाको अफिसियल ट्विटर ह्यान्डलमार्फत् क्लबले फातीलाई १० नम्बरको जर्सी प्रदान गरेको जनाएको छ ।

मेस्सी पीएसजीमा आबद्ध भएपछि बार्सिलोनामा १० नम्बर जर्सीमा कुन खेलाडी आउलान् भन्ने सबैको चासोको विषय थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *