एट्लेटिको म्याड्रिड फर्किए ग्रिजम्यान

काठमाडाैँ । बार्सिलोनाका स्‍टार एन्टोनिओ ग्रिजम्यान आफ्नो पुरानो क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन् । स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिकोले ग्रिजम्यानलाई लोनमा पुनः अनुबन्धित गरेको हो ।

एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो । ग्रिजम्यान सन् २०१९ मा एट्लेटिकोबाट बार्सिलोना गएका थिए । उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड खर्चिएको थियो ।

उनले यसअघि एट्लेटिको म्याड्रिडमा रहँदा २५७ खेलमा १३३ गोल गरेका थिए । एट्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक तिर्नु पर्ने छ भने अर्को वर्ष अनिवार्य रुपमा उनलाई स्थायी अनुबन्धित गर्नु पर्ने छ ।

३० वर्षीय ग्रिजम्यानले बार्सिलोनामा रहँदा १०२ खेलमा ३५ गोल गरेका छन् । आर्थिक रुपमा संघर्षरत बार्सिलोना छोड्ने ग्रिजम्यान ११ औँ खेलाडी हुन् । गत सिजन बार्सिलोनाबाटै एट्लेटिकोले लुइस स्वारेजलाई अनुबन्धन गरेको थियो । उनकै सानदार प्रदर्शनमा एट्लेटिको म्याड्रिड च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =