बन्दी मन्त्री बन्ने चर्चा

काठमाडौं । गोविन्द बन्दी केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको व्यक्ति हुन् । तत्कालीन सरकारभित्र देखिएको मतभेदका कारण पछि आयोगको अध्यक्ष गणेशदत्त भट्ट बने ।

अहिले तिनै बन्दी मन्त्री बन्ने चर्चा शुरु भएको छ । मन्त्रिपरिषद् विस्तार हुँदासम्म राष्ट्रिय राजनीतिमा कुनै अदलबदल नभएको खण्डमा बन्दी कानूनमन्त्री बन्नेछन् । श्रोतकाअनुसार बन्दी माधवकुमार नेपाल नेृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कोटाबाट कानूनमन्त्री बन्दैछन् । एकीकृत समाजवादीका एक नेताले मकालुखबरसँग भने, ‘योबीचमा कुनै खाले फेरबदल नभए उहाँ मन्त्री बन्ने चान्स् धेरै छ ।  सरकारमा सहभागी हुने नेताहरुको नाममा उहाँको नाम पनि पार्टीभित्र सिफारिस भएको छ ।’

वर्तमान सरकारले बन्दीलाई ६ महिनाका लागि मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुङ्ग्याउन खोजेको श्रोत बताउँछ । बालुवाटार श्रोतकाअनुसार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले देउवा र प्रचण्डसँग गैरसांसद एक नेतालाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *