रोनाल्डो र काभानी दुवैको जर्सी नम्बर ७ सुचीकृत भएपछि… 

काठमाडाैँ । इङ्लिस प्रिमियर लिग आयोजकले म्यानचेस्टर युनाइटेडका दुवै खेलाडीको जर्सी नम्बर ७  राखेपछि दुबिधा भएको छ । हालसालै युनाइटेडमा इटालियन क्लब जुभेन्टसबाट आएका क्रिस्चियानो रोनाल्डोको जर्सी नम्बर ७ सुचीकृत गरिएको छ । सँगै, युनाइटेडकै स्टाइकर एडिसन काभानीको जर्सी नम्बर पनि ७ भनेरै सुचीकृत गरिएको छ ।

यही प्रसङ्ग अहिले सामाजिक सञ्जालमा बहसको बिषय बनेको छ । सन २००९ मा म्यान्चेस्टर युनाइटेड छोडेका रोनाल्डो फेरि क्लबमा अनुबन्ध भएका छन् । उनका समर्थकहरुले ७ नम्बर जर्सी रोनाल्डोकै हुनुपर्ने माग गरेका छन् ।

प्रिमियर लिग आयोजकले अहिलेसम्म दुवैको जर्सी नम्बर ७ नै भएको सामाग्री आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ । यो विषयमा रुसी सञ्चार माध्यम आरटीले विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई देखाएर उनीहरुले रोनाल्डो नै ७ नम्बर जर्सीको ‘वास्तविक र महान्’ हकदार भएको सामग्री पस्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =