लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित

काठमाडौँ । रोबेर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखले बुन्डेसलिगामा हर्था बर्लिनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्नले हेर्थालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नका लागि लेवान्डोस्कीले ह्याट्रिक गरेका थिए । उनले खेलको ३५औँ, ७०औँ र ८४औँ मिनेटमा गोल गरेका थिए । योसँगै बायर्नका लागि लेवान्डोस्कीले आफ्नो ३०० गोल पूरा गरेका छन् । उनले बायर्नका लागि अहिलेसम्म सबै प्रतियोगितामा कुल ३३३ खेल खेल्दै ३०१ गोल गरेका छन् ।

त्यस्तै थोमस मुलर र जमाल मुसिआलाले पनि बायर्नका लागि एक/एक गोल गरेका थिए । यो जितपछि बुण्डेसलिगामा बायर्नको ३ खेलमा ७ अंक भएको छ भने हेर्थाको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =