रोनाल्डोले छोडेपछिको पहिलो खेलमा युभेन्ट्स स्तब्ध

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्ट्स पराजित भएको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

इम्पोलीको जितमा खेलको २१औं मिनेटमा लिओनार्दो मानकुसोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यसअघि यस सिजनको पहिलो खेलमा युभेन्ट्स उडिनेससँग २-२ गोलको बराबरी खेलेको थियो ।

यो हारपछि युभेन्ट्सको २ खेलमा एक हार र एक बराबरीसहित एक अंक रहेको छ । क्रिस्टियानो रोनाल्डोले छोडेपछि युभेन्टस खेलेको पहिलो खेलमा हार बेहोरेको छ ।

इम्पोलीको २ खेलमा एक जित र एक हारसहित ३ अंक रहेको छ । युभेन्ट्सले अब अर्को खेल सेप्टेम्बर १२ मा नापोलीसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =