च्याम्पियन्स लिग ड्र : पिएसजी र म्यानचेस्टर सिटी एकै समूहमा

काठमाडाैँ । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र सार्वजानिक भएको छ । जहाँ इंग्लिस क्लब म्यानचेष्टर सिटी र फ्रेन्च दाबेदार पेरिस सेन्ट जर्मेन (पिएसजी) एउटै समुह ‘ए’ मा परेका छन् ।

युइएफएले बिहीबार सार्वजानिक गरेको च्याम्पियन्स लिग २०२१-२२ को ड्र मा साविक विजेता चेल्सीले समूह एच मा रहेर इटालियन क्लब युभेन्ट्सको सामना समुह चरणमानै गर्नै छ। त्यस्तै स्पेनिस जाइन्ट बार्सिलोना र जर्मन च्याम्पियन बार्यन म्युनिखले पनि एकै समुहमा रहेर प्रतिस्पर्धा गर्दै छन् ।

म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा सहज समुहमा छ । उसले समूह ‘एफ’मा भिलारियाल, एट्लान्टा र योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । अर्को दाबेदार इंग्लिस क्लब लिभरपुल भने समूह ‘बी’मा एट्लेटिको म्याड्रिड, एफसी पोर्टो र एसी मिलानसँग प्रतिस्पर्धा गर्दै छ । यो समुहलाई ग्रुप अफ डेथका रुपमा हेरिएको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडले समूह ‘डी’मा केहि सहज प्रतिद्धन्दि विरुद्ध खेल्ने छ । रियलले समूह चरणमा इटालियन च्याम्पियन इन्टर मिलानसँगै शाख्तर डोनेस्क र च्याम्पियन्स लिगमा पहिलो पटक सहभागि शेरिफ टिरास्पोलसँग प्रतिस्पर्धा गर्नै छ ।

यस्तो छ ड्र

  • समूह ए: म्यानचेष्टर सिटी, पेरिस सेन्ट जर्मेन, लिपजिङ, क्लब बर्गस्
  • समूह बी: एथ्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
  • समूह सी: स्पोर्टिङ लिस्बोन, बोरुसिया डर्टमुण्ड, अयाक्स, बेसिक्टिस
  • समूह डी: इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेस्क, शेरिफ टिरास्पो
  • समूह ई: बार्यन म्युनिख, बार्सिलोना, बेन्फिाका, डिनामो किभ
  • समूह एफ: भिलारियल, म्यानचेष्टर युनाइटेड, अटलान्टा, योङ ब्वाइज
  • समूह जी: लिले, सेभिया, एफसी साल्जबर्ग, वल्फबर्ग
  • समूह एच: चेल्सी, युभेन्टस, जेनिथ सेन्ट पिटर्सबर्ग, माल्मो
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *