नेपाली युवा टीमको विश्वकप खेल्ने मौका गुम्यो

काठमाडौँ । सेप्टेम्बरमा हुने तय भएको यू-१९ एसिया छनोट क्रिकेट प्रतियोगिता कोरोनाका कारण रद्द भएको छ । प्रतियोगिता रद्द भएसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना समाप्त भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को कोरोनाको कारण देखाउँदै यू-१९ एसिया, अमेरिका र इएपीए क्वालिफायर रद्द गर्ने निर्णय गरेको हो । यू-१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधार बनाइएको थियो । जहाँ युएईले विश्वकपमा स्थान बनाउन सफल भयो ।

त्यस्तै अमेरिका छनोटमा क्यानडा र इएपीए छनोटबाट पपूवा न्यूगिनीले २०२२ को यू-१९ विश्वकपमा स्वतः स्थान बनाउन सफल भए ।

छनोटका लागि नेपाल, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान खेल्ने तयारी रहेको थियो । पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई-दुई पटक विश्वकप सहभागिता जनाउन सफल भएका थिए । पछिल्लो पटक नेपाललाई एक रनले हराउँदै यूएई च्याम्पियन बन्दै विश्वकप खेलेको थियो ।

२०१९ मा मलेसियामा भएको यू-१९ विश्वकप एसिया छनोटमा यूएई ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो ।

नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाको कारण डकवर्थ लेबिस पद्धतिको आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो । सोही एक रनको हारनै २०२२ को विश्वकपमा समेत निर्णायक बन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *