७८ रनमै समेटियो भारत

काठमाडाैँ । पाहुना टोली भारत इंग्लिस बलरसामु निरीह सावित भएको छ । इंग्ल्यान्डमा जारी ५ खेलको टेस्ट सिरिजको तेस्रो खेलको पहिलो इनिङमा भारत पहिलो दिन ७८ रनमा अलआउट भयो । टस जितेर पहिलो ब्याटिङ गरेको भारत सुरुवातबाटै लयविहीन रह्यो ।

७८ रन भारतको इंग्ल्यान्डसँग तेस्रो तथा समग्रमा नवौं कम स्कोर हो । भारतको सर्वाधिक कम स्कोर ३६ रन रहेको छ । जुन गत वर्ष अस्ट्रेलियाविरुद्ध बनाएको थियो । जहाँ भारतीय टीमले इंग्ल्यान्डविरुद्ध भने १९७४ मा ४२ रन तथा १९५२ मा ५८ रन बनाएको थियो । भारतीय टीम टेस्टमा २६ औँ पटक १०० भन्दा कम स्कोरमा समेटियो ।

११ रन जोड्दा ५ विकेट
भारतले आफ्ना अन्तिम पाँच विकेट केवल २८ मिनेट भित्र ११ रन जोड्दा गुमायो । रोहित शर्मा टिमको स्कोर ६७ रनको अवस्थामा १९ रन बनाएर आउट भए । भारतका केवल २ खेलाडीले मात्र दोहोरो रनको स्कोर कटाए । शर्मासँगै अजिंक्य रहाणेले १८ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडिले दोहोरो रनको स्कोर छोएनन् ।

भारतका ३ ब्याटस्म्यान शून्य रनमा पेभिलियन फर्किएका थिए । छैटौं विकेटका रुपमा रोहीत शर्मा आउट भएलगतै अन्य ४ विकेट लगालग झरेको थियो । मोहम्मद शामी, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहम्मद सिराज क्रिजमा इंग्लिस बलर सामु कुनै चमत्कार गर्न असफल भए ।

इंग्ल्यान्डका लागि जेम्स एन्डरसनल तथा क्रेग ओवरटनले समान ३-३ विकेट लिए । त्यस्तै ओली रोबिन्सन तथा सेम करनले २-२ विकेट लिए । यसअघि जेम्स एन्डरसनले भारतका लागि शुरूआती ३ विकेट लिए । उनले केएल राहुललाई शुन्य रन, चेतेश्वर पुजारालाई १ रन तथा कप्तान विराट कोहलीलाई ७ रनमा पेभिलियन पठाएका थिए ।

इंग्ल्यान्डको गतिलो सुरुवात
भारतलाई सस्तैमा समेटेर पहिलो दिननै आफ्नो पहिलो इनिङ सुरू गरेको इंग्ल्यान्डले गतिलो सुरूवात गरेको छ । ४६ रनमा विना विकेट खेलिरहेको इंग्लिस टीमका लागि उसका ओपनर द्धय हसिब हमेद्ध २८ तथा रोरी बर्न्स १५ रनमा अविजित खेलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *