जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ । जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मस्तिष्कघातका कारण बेहोस भएपछि बयोधा अस्पतालमा भर्ना भएका टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।

बुधबार ट्विटरमार्फत नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर स्थितिमा उपचाररत जनवादी गायक टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

यो पनि : गीतबाटै चेतना र समानताको बिगुल फुक्ने जेबी टुहुरे

‘गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ‚’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *