एन्डरसन चम्किँदा भारतको कमजोर शुरूवात

काठमाडौँ । इंग्ल्यान्डसँगको जारी टेस्ट शृंखलाको तेस्रो खेलमा भारतीय ब्याट्सम्यान खराब सुरुवातको सिकार भएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २१ रन जोड्दा ३ विकेट गुमायो । अहिले रोहित शर्मा र अजिङ्क्य रहाणे क्रिजमा रहेका छन् ।

जेम्स एन्डरसनले भारतलाई सुरूवाती झट्का दिए । उनले पहिले ओपनर लोकेश (केएल) राहुललाई शून्य रनमा आउट गरे । त्यसपछि १ रन बनाएका चेतेश्वर पुजारालाई पेभिलियन पठाए । एन्डरसनको दबाब यत्तिमै सकिएन उनले टीमको स्कोर २१ रन हुँदा ७ रन बनाएका कप्तान विराट कोहलीलाई पनि आउट गराए । एन्डरसनले तीनैजनालाई विकेटकिपर जोस बटलरबाट क्याचआउट गराएका थिए।

एन्डरसनले कोहोलीलाई ७ औँ पटक आउट गर्न सफल भए । उनले टेस्टमा कोहलीलाई सर्वाधिक धेरै पटकआउट गर्ने अस्ट्रेलियाली बलर नाथन लियोनको रेकर्ड बराबरी गरेका छन् । लियोनले ३३ इनिङमा सातपटक कोहलीलाई आउट गर्दा एन्डरसनले ४१ इनिङमा यो सफलता हात पारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *