लोकतान्त्रिक खेलकुद संघ कास्कीमा पुन

पोखरा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो । प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितीय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको छन् ।

संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रमा हुने भ्रष्टचार उजागर गर्न र खेलकुदको विकासका लागि यो समितिले काम गर्ने बताए ।

केहि समयअघि प्रदेश समिति गठन भएको थियो । अब ११ वटै जिल्लामा समिति गठन गरिने शेरचनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *