एएफसी महिला एसियन कप छनोट खेल्ने राष्ट्रिय टिमको घोषणा

काठमाडौँ । महिला फुटबल राष्ट्रिय टीमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी कप छनोट खेल्ने राष्ट्रिय टिमको घोषणा गरेका छन् ।

प्रशिक्षक फिलिप्सले उज्वेकिस्तानमा फिलिपिन्स र हङकङविरुद्धको खेलको छनोटका लागि नेपाली टिमको घोषणा गरेका हुन् ।

मंगलबार सार्वजनिक भएको २३ सदस्यीय टोलीमा गतवर्ष फागुनमा भएको राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू विमला विक, प्रीती राई, सविता राना, रश्मी घिसिङ, रजनी थोकर, निषा थोकर र सृजना सिंह समेटिएका छन् ।

गोलकिपरमा अन्जना राना मगर, एन्जिला तुमबापो सुब्बा, उषा नाथ रहेका छन् भने डिफेन्डरमा अमृता जैसी, विमला बिक, गिता राई, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, सृजना सिंह रहेका छन् । त्यस्तै मिडफिल्डर अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना रहेका छन् भने स्ट्राइकरमा अनिता केसी, बिमला चौधरी, इन्दिरा राई, रश्मि घिरिङ, सरु लिम्बु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *