यस्तो हुनेछ नेपाली क्रिकेट टिमको नयाँ जर्सी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । खुल्ला आवेदनबाट प्राप्त भएका झण्डै ५०० डिजाइनमध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा छनोट गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नयाँ जर्सी प्रायोजक ‘माई सेकेन्ड टिचर’का शुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन् । क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मगाएका थिए ।

जर्सीको डिजाइनर पोखरेलले पनि एक लाख रुपैयाँ पुरस्कार पाएको क्यानले जनाएको छ । नयाँ डिजाइनको मंगलबार ओमान जाने नेपाली टिमले लगाउनेछ ।

जर्सी क्यानका बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेन्ड टिचरका आशिष सिग्देल रहेको चार सदस्यीय समितिले चयन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *