हारबाट जोगियो बार्सिलोना

काठमाडौँ । स्पेनिस लिग ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । नयाँ सिजनको दोस्रो खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओसँग १-१ गोलको बराबरी खेल्यो ।

५० औँ मिनेटमा इनिगो मार्तिनेजको गोलबाट एथ्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । तर ७५ औँ मिनेटमा मेमफिस डिपेले बार्सिलोनालाई बराबरीमा ल्याए । डिफेन्डर एरिक गार्सिया ९३ औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना केही समय १० खेलाडीमा सीमित भएको थियो।

बार्सिलोना जारी सिजन आफ्ना स्टार खेलाडी लियोनल मेस्सीविहीन छ । मेसी पीएसजीमा अनुबन्ध भएसँगै बार्सिलोनाको खेलका विषयमा अनेक टीकाटीप्णी भइरहेका छन् । यद्यपि उसले पहिलो खेलमा जित र दोस्रोमा बराबरी गर्दै शीर्ष स्थान भने कायम गरेको छ ।

शनिबार राति भएका अरू खेलमा मालोर्काले एलाभेसलाई १-० ले पराजित गर्दा स्पानियोल र भिल्लारियलले गोलरहित तथा ग्रानाडा र भ्यालेन्सियाले १-१ को बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *